नेप्से दोहोरो अंकले घट्यो, बैंकिङ र बीमा समूहमा ठूलो गिरावट

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्से दोहोरो अंकले घट्यो, बैंकिङ र बीमा समूहमा ठूलो गिरावट

काठमाडौ । आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ।

कारोबारको सुरुवातमा २७१४.०५ बिन्दुमा रहेको नेप्से बन्द हुँदासम्म १९.८५ अंक घटेर २६९४.२० मा झरेको छ। यससँगै सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेको छ। नेप्सेमा कारोबार भएका ३२९ कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५० कम्पनीको मूल्य बढेको छ।

९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन। विशेषत: मिथिला लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढ्दा, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १९ प्रतिशतले घटेको छ। समूहगत परिसूचकमा बैंकिङ (५.८७), विकास बैंक (४३.५४), वित्त (११.३०), जीवन बीमा (६८.३०), निर्जीवन बीमा (७०.५२), होटल (१३२.३०), जलविद्युत् (४९.१७) र उत्पादनमूलक (७१.०५) समूहमा ठूलो गिरावट आएको छ। केवल व्यापार समूह (२०.९२) ले सकारात्मक प्रदर्शन गरेको छ।

कारोबार रकमको दृष्टिले आइतबार १ लाख १० हजार ७ सय २९ कारोबारबाट ९ अर्ब १० करोड बराबरको २ करोड २० लाख ६० हजार कित्ता सेयर खरिद बिक्री भएको छ। यो रकम गत साता बिहीबारको तुलनामा केही कम हो, जब १४ अर्बभन्दा बढीको कारोबार भएको थियो।