वाईसीएलले चुनाव सुरक्षा र कमाण्ड संरचना विस्तार गर्ने निर्णय
Prime TV News एक महिना अगाडि 
काठमाडौ । योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आगामी चुनावलाई लक्षित गर्दै आफ्नो अर्धसैन्य संरचना स्थापना गर्ने निर्णय गरेको छ।
वाईसीएलको केन्द्रीय समिति बैठकले देशभरका निर्वाचन क्षेत्रहरूमा सुरक्षा र युवा समन्वयका लागि योजना बनाएको अध्यक्ष पुष्प ओलीले बताए। बैठक अनुसार, १६५ निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षा सुनिश्चित गर्न स्पेसल टास्क फोर्स क्याम्पिङ गरिने निर्णय गरेको छ।
साथै, अन्तरपार्टी युवा, विद्यार्थी र जेनजी युवा संयोजनका लागि संयन्त्र निर्माण गर्ने र सबै प्रदेशमा एकतामा आएका युवा संगठनका नेता सम्मिलित कमाण्ड सेन्टर स्थापना गर्ने निर्णय गरिएको छ। वाईसीएलले प्रत्येक मतदान बुथमा सय जना युवा कार्यकर्ता खटाउने, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने र सम्बन्धित मतदान क्षेत्रमा युवाहरूलाई सक्रिय राख्ने योजना बनाएको छ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिखा ले आगामी चुनावलाई सफल बनाउन वाईसीएललाई विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।












