फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाइ सकियो

User Image Prime TV News एक महिना अगाडि
Image of फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको  मतपत्र छपाइ सकियो

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक मतपत्र २ करोड ८ लाख ३० हजार छपाइ सकिएको निर्वाचन आयोगले आइतबार जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पत्रकार सम्मेलनमा बताए अनुसार, प्रत्यक्षतर्फ पनि २५ जिल्लाका मतपत्र छपाइ सकिएको छ। भट्टराईका अनुसार, माघ १७ गतेसम्म ३० लाख मतपत्र छपाइ भइसकेको थियो।

मतपत्रहरू भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा छापिने क्रम जारी रहेको छ। निर्वाचन तयारी अन्तर्गत मतपत्र छपाइ पूरा भएसँगै अब निर्वाचन आयोगले मतदाता सूची, मतदान केन्द्र व्यवस्थापन र निर्वाचन निगरानीमा केन्द्रित हुने तयारी गरेको छ।