नेकपा (माओवादी) ले २० बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपा (माओवादी) ले २० बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आइतबार काठमाडौमा पत्रकार सम्मेलनमार्फत २० बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बताए अनुसार, नव–युवा पुस्ताको विद्रोहपछि मुलुकमा नयाँ परिस्थिति सिर्जना भएकोले यस निर्वाचनमा नयाँ प्रस्ताव, नयाँ उद्देश्य र नयाँ शक्ति सहित भाग लिन लागिएको हो। माओवादीले १२ वर्षपछि पहिलोपटक निर्वाचनमा भाग लिइरहेको छ।

विप्लवले भने, “नागरिक भ्रष्टाचार, कमिसनखोरी, तस्करी, राष्ट्रघातको विरोध गर्दै, सुशासन, स्थिर सरकार र संसद्, जनपक्षीय नीति, नियम र कानुनको अपेक्षासहित यो निर्वाचनमा सहभागी हुँदैछौँ। आम नागरिकको चाहना नयाँ विचार र प्रस्ताव सहितको नयाँ नेतृत्व हो। हामी पूर्ण विश्वास, जिम्मेवारी बोध, आशा र भरोसासाथ यो संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गर्दछौँ।”

प्रतिबद्धता पत्रमा नेपाल राज्यलाई एकीकृत र समृद्ध बनाउन अग्राधिकारसहितको समाजवादी सङ्घीय राज्यमा पुनर्सरचना गर्नुपर्ने स्पष्ट गरिएको छ। साथै, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका र राज्यका सबै अंग तथा निकायमा बहिष्कृत वर्ग, क्षेत्र, जातजाति र लिङ्गको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।

यस राज्य व्यवस्थाले मात्र मजदुर, किसान, श्रमजीवी, मध्यमवर्ग, बुद्धिजीवी वर्गलाई राजनीतिक अधिकार सम्पन्न बनाउने र जनजाति, दलित, महिला, मधेसी लगायत उत्पीडित वर्गको राजनीतिक तथा आर्थिक सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।