ब्रेन्टफोर्डले घरेलु टोली एस्टन भिलामाथि १–० को कठिन जित

User Image Prime TV News एक महिना अगाडि
Image of ब्रेन्टफोर्डले घरेलु टोली एस्टन भिलामाथि १–० को कठिन जित

काठमाडौ । १० खेलाडीमा सीमित ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा एस्टन भिलालाई उसकै मैदानमा हराउँदै महत्वपूर्ण तीन अंक हात पारेको छ।

आइतबार भिला पार्कमा सम्पन्न खेलमा ब्रेन्टफोर्डले घरेलु टोली एस्टन भिलामाथि १–० को कठिन जित निकालेको हो। खेलको ४२औँ मिनेटमा ब्रेन्टफोर्डका केभिन स्केडेले रातो कार्ड पाएपछि टोली एक खेलाडी कम भएर खेल्न बाध्य बन्यो।

त्यहि क्षणपछि खेल एस्टन भिलाको नियन्त्रणमा जाने अनुमान गरिएको थियो। तर अनुमान गलत सावित भयो। पहिलो हाफको इन्जुरी समयमा डांगो ओउटाराले गरेको गोल नै खेलको निर्णायक बन्यो।

एक खेलाडी कम हुँदासमेत ब्रेन्टफोर्डले दोस्रो हाफमा कडा रक्षात्मक रणनीति अपनायो। एस्टन भिलाले बलमाथि पकड जमाए पनि गोल गर्न असफल रह्यो।

घरेलु मैदान र समर्थकको दबाबका बाबजुद भिलाको आक्रमण धारहीन देखियो, जुन तेस्रो स्थानको टोलीका लागि लाजमर्दो प्रदर्शन मान्न सकिन्छ।

यो जितसँगै ब्रेन्टफोर्डले २४ खेलबाट ३६ अंक जोड्दै लिग तालिकाको सातौँ स्थानमा उक्लिएको छ। ११ जित, तीन बराबरी र १० हारको नतिजाले ब्रेन्टफोर्डको यो सिजनको संघर्षपूर्ण तर प्रभावकारी यात्रा देखाउँछ ।