राष्ट्रिय युवा संघले निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय युवा संघले निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने

काठमाडौ । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न निर्वाचनका लागि देशका सवै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा संघले आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि संगठनका सवै सदस्यहरुलाई परिचालित गर्दै सवै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड बनाउने जनाएको हो ।

पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष महाराज गुरुङले निर्वाचन परिचालन कमाण्डहरुले प्रचारप्रसार रणनीति बनाउने, मतदातामा जागरण ल्याउने, मतदानका लागि भयरहीय वातावरण बनाउने र उम्मेदवारसहितको सुरक्षा प्रवन्ध गर्ने जानकारी दिए । 

त्यस्तै ६ हजार ७ सय ४३ वटै वडामा वडा कमाण्डर र १० हजार ९ सय ६७ वटै बुथमा बुथ कमाण्डर तोकिएको बताए । आम चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि लागिपर्ने उम्मेदवाहरुलाई जिताउन प्रभावकारी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिने बताए । 

नेपाली युवा आन्दोलनलाई नयाँ गति प्रदान गर्ने र अगामी निर्वाचनमा मुलुक बनाउने शक्तिलाई जनमतमार्फत अनुमोदन गराउने उदेश्यसहित संगठनलाई अघि बढाइने अध्यक्ष गुरुङको भनाइ छ ।