यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको निधन

User Image Prime TV News एक महिना अगाडि
Image of यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको निधन

रौतहट । नेपाल कम्युनिष्ट पार्टीका अगुवा तथा यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद मुखिया (चन्द्रिका) को हृदयाघातका कारण निधन भएको छ।

सोमबार राति अचानक पारेको हृदयाघातले उनलाई अस्पताल लैजाने क्रममा बाटोमै उनलाई परमेश्वरले आफ्नो चरणमा बोलाइदिएको छ।

मुखियालाई राति करिब १२ बजे हृदयाघातको अचानक समस्या आयो र तत्काल वीरगञ्जतर्फ उपचारका लागि पठाउने प्रयास गर्दा उनी अस्पताल पुग्नुअघि नै मृत्युवरण गरे। यो खबरले उनका परिवार, पार्टी, राजनीति र समाजलाई गहिरो दु:खमा परेको छ।

जनयुद्धकालदेखि सक्रिय रहेर जिल्ला सेक्रेटरीसमेत रहेका श्रीप्रसाद मुखिया रौतहटको राजनीति र समाज सेवामा एक ज़ुझारु, निष्ठावान र इमानदार अगुवाका रूपमा परिचित थिए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा यमुनामाई गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।