रूसको ओरेनबर्ग क्षेत्रमा प्रशिक्षण विमान दुर्घटना, तीनको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । रूसको ओरेनबर्ग क्षेत्र अन्तर्गत पर्ने ओर्स्क सहर नजिकै सोमबार एक प्रशिक्षण विमान दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार दिउँसो १२ बजेर ५१ मिनेटमा उक्त दुर्घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई जना विद्यार्थी र एक जना प्रशिक्षकको ज्यान गएको पुष्टि गरिएको छ।
दुर्घटनाग्रस्त विमान नियमित प्रशिक्षण उडानमा रहेको बताइएको छ। उद्धार टोली तत्काल घटनास्थलमा पुगेको र दुर्घटनापछि कुनै आगलागी नभएको जनाएको छ। यद्यपि विमान कसरी दुर्घटनामा पर्यो भन्ने विषयमा हालसम्म स्पष्ट कारण खुल्न सकेको छैन।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले विस्तृत अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक चरणमा प्राविधिक समस्या वा मानवीय त्रुटिका सबै सम्भावनालाई अध्ययन गरिने बताइएको छ।













