प्रतिनिधिसभा निर्वाचनमा नेकपासंग तालमेलको सम्भावना छैनः उपाध्यक्ष गुरुङ

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा निर्वाचनमा नेकपासंग तालमेलको सम्भावना छैनः उपाध्यक्ष गुरुङ

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेकपासंग तालमेलको सम्भावना नरहेको बताएका छन् । 

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले भाद्र २३ र २४ को घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले निर्वाचनमा तालमेल हुन नसक्ने बताए । अहिले कांग्रेसले पनि एक्लै चुनाव लड्ने भनिरहेको अवस्थामा एमाले एक्लै चूनावी प्रतिष्पर्धामा उत्रने बताए।

लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको तर्क गर्दै  नेता गुरुङले अराजकता, अस्थीरता र प्रतिगमन सच्चाउनका लागि एमाले लाग्ने भएकाले केहिस्थानमा सातोतिनो सहकार्य हुन सक्ने बताए । त्यस्तै उपाध्यक्ष गुरुङले केही पार्टी र व्यक्तिले आफुलाई नयाँ अरुलाई पुराना भनेर आर‍ोप लगाउने गरेको भन्दै उनीहरुसंग कुनै एजेण्डा नै नरहेको धारणा राखे । 

कसैले आरोप लगाउदैमा लामो ईतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने भन्दै उनले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दावी समेत गरे ।