सरकार र निर्वाचन आयोगले निर्वाचनको वातावरण सुनिश्चित गर्नुपर्छ : कांग्रेस उपसभापति भुसाल

User Image Prime TV News एक महिना अगाडि
Image of सरकार र निर्वाचन आयोगले निर्वाचनको वातावरण सुनिश्चित गर्नुपर्छ : कांग्रेस उपसभापति भुसाल

काठमाडौ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले निर्वाचन सम्पन्न गर्न अनुकूल र विश्वासिलो वातावरण निर्माण गर्ने जिम्मेवारी सरकार तथा निर्वाचन आयोगको भएको बताएकी छन् । उनले निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि दुवै निकाय गम्भीर भएर लाग्नुपर्नेमा जोड दिइन् ।

मंगलबार काठमाडौंमा आयोजित निर्वाचनसम्बन्धी विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभापति भुसालले राजनीतिक दलहरू निर्वाचन प्रक्रियामा सक्रिय भइसकेको उल्लेख गरिन् । उनका अनुसार दलहरू उम्मेदवार छनोटदेखि प्रचार रणनीतिसम्मको तयारीमा जुटिसकेका छन् ।

उनले संविधान संशोधन आवश्यक रहेको धारणा दोहोर्‍याउँदै त्यसका लागि नयाँ बन्ने संसद्ले पहल गर्ने बताइन् । “संविधान संशोधन लोकतान्त्रिक अभ्यासको हिस्सा हो, यसको औपचारिक प्रक्रिया आगामी संसदमार्फत अघि बढाइनेछ,” उनले भनिन् ।

कार्यक्रममा उनले नेपाली कांग्रेसले निर्वाचनका लागि तयार पार्दै आएको घोषणापत्र अन्तिम चरणमा पुगेको जानकारी दिइन् । कांग्रेसले जनजीविका, सुशासन र लोकतान्त्रिक मूल्यलाई केन्द्रमा राखेर घोषणापत्र तयार गरिरहेको उनको भनाइ थियो ।