निजी क्षेत्रको आग्रहः निजी क्षेत्रलाई आवश्यक सुरक्षा, समन्वय र सहकार्य प्रदान गर्न सरकारसँग आग्रह

User Image Prime TV News २ हप्ता अगाडि
Image of निजी क्षेत्रको आग्रहः निजी क्षेत्रलाई आवश्यक सुरक्षा, समन्वय र सहकार्य प्रदान गर्न सरकारसँग आग्रह

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा आर्थिक पुनर्निर्माणका लागि निजी क्षेत्रलाई आवश्यक सुरक्षा, समन्वय र सहकार्य प्रदान गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताए। अन्यथा लगानीमा निराशा बढ्न सक्ने भन्दै प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराए ।

ढकालका अनुसार निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको छ। हालसम्मको प्रारम्भिक अनुमानअनुसार जेनजी आन्दोलनबाट निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

महासंघले सरकारसँग ,कर्जाको पुनर्संरचना र ब्याज अनुदान, आयकर र मूल्य अभिवृद्धि करमा छुट, भन्सार तथा अन्य शुल्कमा सहुलियत, व्यवसाय दर्ता तथा कर प्रक्रिया सहज बनाउने, ऋणको रकम पुनर्निर्माणमा खर्च गर्न पाउने व्यवस्था गर्न सरकारलाई सुझाब दिएका छन् ।

नेपाल २०२६ मा अतिकम विकसित देशबाट स्तरोन्नति हुन लागेकाले हालको क्षतिले गम्भीर असर पार्न सक्ने भन्दै सरकारलाई तयारी तीव्र पार्न पनि महासंघले आग्रह गरे।