अमेरिकी एफ–३५ लडाकुले अरब सागरमा आक्रमक इरानी ड्रोन ध्वस्त पार्यो

User Image Prime TV News एक महिना अगाडि
Image of अमेरिकी एफ–३५ लडाकुले अरब सागरमा आक्रमक इरानी ड्रोन ध्वस्त पार्यो

काठमाडौ । अमेरिकी सेनाले अरब सागरमा आफ्नो विमानवाहक जहाज जहाज यूएसएस अब्राहम लिंकन तर्फ आक्रमक रूपमा नजिकिँदै गरेको एक इरानी ड्रोनलाई एफ–३५सी स्टेल्थ लडाकु विमानमार्फत खसाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, ड्रोनलाई आत्मरक्षाका लागि ध्वस्त पारिएको हो।

घटनाको समयमा जहाज इरानको तटबाट करिब ५०० माइल टाढा रहेको बताइएको छ। अमेरिकी सेनाले यस ड्रोनको उद्देश्य स्पष्ट नभएको उल्लेख गरेको छ। यस घटनामा कुनै अमेरिकी सैनिक घाइते नभएको र जहाजमा पनि क्षति नभएको जनाइएको छ।

यो घटना अमेरिका र इरानबीच बढ्दो तनावको बीचमा भएको हो। अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप मजबुत बनाउँदै आएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित नगरे सैन्य कारबाही विकल्प खुला रहने चेतावनी दिइसकेका छन्। उनले अघिल्लो समय इरानमा सरकारविरोधी प्रदर्शन दमनमा हस्तक्षेप गर्ने धम्की पनि दिएका थिए।

अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले फक्स न्युजसँग कुरा गर्दै यस साता तय भएका वार्ता अझै पनि यथावत् रहेको बताइन्। उनले भनिन् कि ट्रम्पले कूटनीतिक विकल्पलाई प्राथमिकता दिन्छन्, तर सैन्य विकल्प सदैव खुला रहनेछ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले यसअघि अमेरिकाले हमला गरे क्षेत्रीय युद्ध भड्किन सक्ने चेतावनी दिइसकेका छन्। तर मंगलबारको ड्रोन घटनामा इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।