ग्यास अभाव हल्ला निराधार, आपूर्ति पर्याप्त: नेपाल आयल निगम

User Image Prime TV News एक महिना अगाडि
Image of ग्यास अभाव हल्ला निराधार, आपूर्ति पर्याप्त: नेपाल आयल निगम

काठमाडौ । नेपाल आयल निगमले बजारमा फैलिएको एलपी ग्यास अभावको हल्ला निराधार रहेको जनाएको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार देशमा ग्यास आपूर्ति दैनिक मागभन्दा बढी भइरहेको छ। गत शनिबार १ लाख ४९ हजार, सोमबार १ लाख ४५ हजार, र मंगलबार १ लाख ६७ हजार सिलिन्डर ग्यास लोडिङ भएको तथ्यांक सार्वजनिक गर्दै भट्टले आगामी चुनाव अवधिभर पनि नियमित आपूर्ति रहने बताए।

निगमले उपभोक्तालाई अनावश्यक सिलिन्डर भण्डारण नगर्न आग्रह गर्दै भनेको छ कि ढुक्क भएर ग्यास खरीद गर्न सकिन्छ, अनावश्यक सञ्चयले मात्र कृत्रिम अभाव सिर्जना गर्छ।