एमालेको दाबी: प्रतिनिधि निर्वाचनमा भयरहित मतदानको वातावरण अझै तयार छैन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचनमा भयरहित र निर्भिक मतदानको वातावरण अझै बनिसकेको छैन भन्दै सरकारमाथि आलोचना गरेको छ।
एमालेको केन्द्रीय निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रत्येक मतदाताले मतपेटिकासम्म समान पहुँच र सुरक्षित वातावरणमा मतदान गर्न पाउनु संवैधानिक अधिकार हो, तर आजसम्म सरकारले भरपर्दो र विश्वासिलो वातावरण बनाउन सकेको छैन।”
विज्ञप्तिमा जेनजी आन्दोलनका कैदीबन्दी, लुटिएका हातहतियार र काठमाडौँसहित देशका विभिन्न भागमा भएका लुटपाटका घटनाहरूलाई उदाहरण दिँदै सुरक्षा चुनौती रहेको उल्लेख गरिएको छ।
साथै, एमालेले निर्वाचन आचारसंहिताको प्रभावकारितामाथि प्रश्न उठाउँदै अवाञ्छित गतिविधि र समुदाय उत्तेजित गर्ने भड्काउपूर्ण व्यवहारलाई निगरानी गरी कानुनी दायरामा ल्याउन सम्बन्धित पक्षसँग विनम्र अनुरोध गरेको छ।













