राष्ट्रपति समक्ष अख्तियारले बुझायो बार्षिक प्रतिवेदन


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ ।
आयोगका प्रमुख आयुक्त प्रेम राईले आज आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएका हुन् । नेपालको संविधानको धारा २९४ अनुसार, अख्तियार दुरुयोग अनुसन्धान आयोगका अध्यक्षले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ।