आज नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबारमा पनि कमी

User Image Prime TV News एक महिना अगाडि
Image of आज नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबारमा पनि कमी

काठमाडौ । आज सेयर बजार सामान्य अंकले घटेको छ। कारोबार बन्द हुँदा नेप्से परिसूचक १.६४ अंकले घटेर २,६८१.५० विन्दुमा पुगेको छ।

आज बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीको सेयर मूल्य बढेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। सेन्सेटिभ इन्डेक्स आज ०.७० अंकले घटेर ४५६ विन्दुमा पुगेको छ। १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढ्दा, ६ वटाको मूल्य घटेको छ।

कारोबारमा पनि गिरावट देखिएको छ। आज ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर ८०,४२२ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैयाँ पुगेको छ। बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

परिसूचक र कारोबार दुवैमा गिरावट आए पनि केही कम्पनी र उपसूचकले भने सकारात्मक प्रदर्शन देखाएका छन्।