काठमाडौबाट इस्तानबुल उडेको टर्किस एयरलाइन्सको विमानको इन्जिन फेल, कलकत्तामा सुरक्षित अवतरण

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौबाट इस्तानबुल उडेको टर्किस एयरलाइन्सको विमानको इन्जिन फेल, कलकत्तामा सुरक्षित अवतरण

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार दिउँसो उडेको टर्किस एयरलाइन्सको विमानको एउटा इन्जिन फेल भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए अनुसार, विमान उडेको दुई मिनेटमै इन्जिन फेल भएको रिपोर्ट आएको हो। ज्ञानेन्द्र भूलका अनुसार, हालसम्म कुन इन्जिन फेल भयो भन्ने स्पष्ट विवरण प्राप्त भएको छैन।

जोखिमलाई मध्यनजर गर्दै विमानले सुरक्षित अवतरणको लागि भारतको कलकत्ता विमानस्थलतर्फ उडान भरेको थियो। अधिकारिको जानकारी अनुसार, जहाज अपराह्न ३ बजे कलकत्ता सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भै सकेको छ । यात्रुहरू सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक सुरक्षा तथा अनुगमनका लागि सम्बन्धित पक्षहरूसँग समन्वय गरिरहेको जनाएको छ।