निर्वाचनलाई लक्षित गर्दै धादिङमा सेना परिचालन

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचनलाई लक्षित गर्दै धादिङमा सेना परिचालन

धादिङ । धादिङमा निर्वाचन सुरक्षाका लागि सेना परिचालन आगामी निर्वाचनलाई लक्षित गर्दै धादिङ जिल्लामा शान्ति–सुरक्षा सुनिश्चित गर्न नेपाली सेना परिचालन गरिएको छ ।

जिल्लाका विभिन्न पाँच स्थानमा नेपाली सेनाले कम्पनी अपरेटिङ बेस (सिओबी) स्थापना गरी जिम्मेवारी सम्हालेकोे छ भने जिल्ला कारागार धादिङमा समेत सेनाको विशेष ड्युटी खटाइएको छ । सेनाले धुनीबेसी नगरपालिका, रुबी भ्याली गाउँपालिका, गङ्गाजमुना गाउँपालिका, गजुरी गाउँपालिका र निलकण्ठ नगरपालिका गरी पाँच स्थानमा बेस बनाएर सुरक्षा व्यवस्थामा खटिएको छ ।

जिल्लामा रहेका कुल ११४ मतदानस्थलमध्ये १०८ वटा अति संवेदनशील र ६ वटा संवेदनशील सूचीमा राखिएका छन्।