महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

User Image Prime TV News एक महिना अगाडि
Image of महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)द्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गर्नुभएको हो ।

एक्सट्रिम इनर्जी ड्रिंक्सबीच भएको जर्सी प्रायोजन सम्झौताअन्तर्गत एक्सट्रिम इनर्जीको लोगोअंकित जर्सी सार्वजनिक गरिएको क्यान सचिव खड्काले जानकारी दिए । उनले नेपाली राष्ट्रिय महिला क्रिकेटलाई बलियो बनाउन क्यानले कुनै असर बाँकी नराख्ने बताए ।

खड्काले नयाँ सोच, बिचार र नयाँ संरचनाका साथ अन्तराष्ट्रि स्तरमा महिला टीमले छुट्टै स्थान बनाउने विश्वास व्यक्त गरे । उनले नयाँ प्रशिक्षक समेत आइसकेको अवस्थामा दुईबर्षभित्र महिला क्रिकेट टोलीको प्रदर्शन निकै माथि उठ्ने धारणा राखे ।