मोरङमा माघ २५ गतेदेखि एचपिभी खोप संचालन हुने

User Image Prime TV News एक महिना अगाडि
Image of मोरङमा माघ २५ गतेदेखि एचपिभी खोप संचालन हुने

काठमाडौ । मोरङमा माघ २५ गतेदेखि संचालन हुने एचपिभी खोप अभियानको तयारी पूरा भएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

माघ २५ गते देखि शुरु हुने एचपिभी खोप अभियान अन्र्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ मा अध्ययनरत बालिका र विद्यालय बाहिर रहेका १० वर्षा बालिकाहरुलाई खोप लगाइने भएको छ ।

यसैगरी गत अभियानमा छुटेका कक्षा ७ देखि देखि १० सम्मका बालिकाहरु गरी १२ हजार ७ सय ५५ जनालाई किशोरीलाई एचपिभी खोप लगाइने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले जानकारी दिए ।

एचपिभी खोपको तयारी बारे आयोजना गरिएको छलफल कार्यक्रममा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि एचपिभी खोप प्रभावकारी रहेको र सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार खोप अभियान शुरु गरिएको बताइएको छ ।

३ देखि ५ दिन सम्म चलाइने सो अभियानबाट आगामी दिनमा पाठेघरको मुखको क्यान्सर नियन्त्रणमा आउने भएकाले अनिवार्य सहभागिताका लागि विज्ञहरुले आग्रह गरेका छन् ।