राष्ट्रियसभाको कामकारबाही सार्वजनिक गर्न अध्यक्षको निर्देशन

User Image Prime TV News २ हप्ता अगाडि
Image of राष्ट्रियसभाको कामकारबाही सार्वजनिक गर्न अध्यक्षको निर्देशन

काठमाडौ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा माननीय उपाध्यक्ष विमला घिमिरे, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, कार्यव्यवस्था परामर्श समितिमा रहेका सासंदहरू, राष्ट्रिय सभा सचिवलगायतको सहभागिता रहेको थियो ।

बैठकमा समसामयिक अवस्थामा राष्ट्रिय सभाको भूमिकाका विषयमा छलफल भएको थियो। त्यस्तै राष्ट्रिय सभाको १८अ‍ौँ अधिवेशन समापनका सन्दर्भमा नियमित बैठक बस्न नसकेको हुँदा सो अधिवेशनमा भए गरेका कामकारबाही सार्वजनिक गर्न अध्यक्षले निर्देशन दिएका छन ।

त्यस्तै, गत जेठ ११ र १२ गते सातवटै प्रदेशमा सम्पन्न संघीयता सबलीकरणमा राष्ट्रिय सभाको जिम्मेवारी प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी विषयक निर्वाचक मण्डलहरूसँगको समन्वय बैठक र अन्तरक्रिया कार्यक्रमको एकीकृत प्रतिवेदन आवश्यक परिमार्जनसहित टुङ्ग्याएर सार्वजनिक गर्ने निर्णय पनि गरिएको छ।