सुन चोरी गर्नेलाई प्रहरीले हान्यो गोली, ट्रमा सेन्टरमा उपचार हुँदै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । काठमाडौँको बौद्ध टुसालमा भएको सुन चोरीको घटनामा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
प्रहरीका अनुसार बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन र चाँदीका गहना चोरी गर्ने अभियोगमा प्रेम थारु पक्राउ परेका छन्।
नेपालगञ्ज स्थायी घर भएका थारुले मंगलबार दिउँसो करिब ३० तोला सुन, चाँदीका गहना र सिमाला चोरी गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको हो।
प्रहरीको गोली थारुको खुट्टामा लागेको र हाल काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी पवन भट्टराईले जानकारी दिए । प्रहरीले घटनामा अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्नेबारे थप अनुसन्धान भइरहेको जनाएको छ।













