डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा निधन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा निधन भएको छ।
उनको आज बिहान काठमाडौँको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो। परिवार स्रोतका अनुसार स्वर्गीय भट्टराईको पार्थिव शरीरलाई आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिनेछ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता रोशन पोखरेलले दाहसंस्कारको कार्यक्रम तय भइसकेको जानकारी दिएका छन्। भोजप्रसाद भट्टराई समाजसेवी तथा पारिवारिक अभिभावकका रूपमा परिचित थिए। उनका दुई छोरा र दुई छोरी रहेका छन्।
उनको निधनप्रति विभिन्न राजनीतिक व्यक्तित्व तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।












