निर्वाचन फागुन २१ मै हुने सम्भावना छ : अध्यक्ष ओली

User Image Prime TV News ३ हप्ता अगाडि
Image of निर्वाचन फागुन २१ मै हुने सम्भावना छ : अध्यक्ष ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन फागुन २१ गते नै हुने सम्भावना रहेको बताएका छन्।

झापामा आयोजित स्थानीयवासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। यसअघिसम्म निर्वाचनका लागि उपयुक्त वातावरण नबनेको बताउँदै आएका अध्यक्ष ओलीले अब परिस्थितिमा परिवर्तन आएको उल्लेख गरे।

उनले फागुन २१ मै निर्वाचन हुन नसके पनि केही समयपछि भएपनि चुनाव जित्ने पार्टी नेकपा एमाले नै हुने दाबी गरे। अध्यक्ष ओलीले नेकपा एमाले देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनको नेतृत्व गर्ने प्रमुख राजनीतिक शक्ति भएको बताए।

वैचारिक, व्यवहारिक, संघर्षशीलता, अडान र दृष्टिकोणका आधारमा राष्ट्रिय हितको रक्षा र संवर्द्धन गर्ने जिम्मेवारी एमालेले नै वहन गर्दै आएको उनको भनाइ थियो। उनले एमाले सरकारमा रहँदा देशमा विकास निर्माणका कामहरूले तीव्रता पाएको उल्लेख गर्दै आगामी दिनमा पनि विकास र स्थायित्वका लागि एमाले अपरिहार्य रहेको दाबी गरे।