सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ९ हजार ५ सयले घट्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ९ हजार ५ सयले घट्यो

काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो। मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन भने सुनको मूल्य १४ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको थियो। यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ।

हिजो चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागको अवस्थाले सुनचाँदीको मूल्यमा प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।