प्रधानमन्त्री कार्कीसँग विपिनको रिहाइको अपील

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्री कार्कीसँग विपिनको रिहाइको अपील

काठमाडौ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको परिवारले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनका रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्। आइतबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्दा विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले सरकारसँग निरन्तर पहलको अपेक्षा गरेका छन्।

पद्मा जोशीले अघिल्लो सरकारले आश्वासन मात्र दिएको तर त्यसको कुनै नतिजा नआएकव गुनासो गरिन । आफूहरुले अहिलेको सरकारबाट ठूलो आशा राखेको भन्दै विपिनकी बहिनी पुष्पा जोशीले प्रधानमन्त्री पदमा एक महिला (आमा) भएकाले छोराछोरीको पीडा बुझ्ने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले विपिन जोशीको रिहाइको लागि पहल गर्ने आश्वासन दिएको पुष्पाले जानकारी दिइन्। यसअघि शनिबार, हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिन जोशीसहित ४८ इजरायली बन्धकहरूको तस्बिर सार्वजनिक गरेको थियो ।