पोस्टर रिलिज भयो: ‘श्री बुकुरो' द होम कलिङ’मा देखियो रोमान्सको झलक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of पोस्टर रिलिज भयो: ‘श्री बुकुरो' द होम कलिङ’मा देखियो रोमान्सको झलक

काठमाडौ । नेपाली सिनेमा प्रेमीहरूको प्रतीक्षामा रहेको ‘श्री बुकुरो : द होम कलिङ’ को पोस्टर सार्वजनिक भएको छ।

ट्रेलर सार्वजनिक हुनु अघि नै सार्वजनिक गरिएको रोमान्टिक पोस्टरमा आशीर्वाद क्षेत्री र निकिता आचार्य रोमान्टिक मूडमा देखिएका छन्। पोस्टरले पर्दामा देखिने प्रेमकथाको संकेत गरेको छ। चलचित्र सुदीप भूपाल सिंह द्वारा निर्देशित यस फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीक राज आचार्य र रोशनी कार्की लगायतका कलाकारको अभिनय छ।

चलचित्रको कथा तथा पटकथा निर्देशक सिंहले स्वयं लेखेका हुन् भने रुबी सेन सिंह निर्माता हुन्। छायांकन कार्य सञ्जय लामा र राजेश श्रेष्ठ ले गरेका छन्। पारिवारिक कथावस्तुमा आधारित यस फिल्मले दर्शकलाई परिवार, प्रेम र सम्बन्धको कथासँग जोड्ने अपेक्षा गरिएको छ।

चलचित्र १ फागुन २०८२ देखि देशभर प्रदर्शनमा आउने घोषणा गरिएको छ। चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको पूर्ण कथासँग सम्बन्धित थप जानकारी पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ।