उद्योगहरू देशको मेरुदण्ड, रोजगारी र आर्थिक समृद्धिका लागि महत्त्वपूर्णः बालेन शाह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले उद्योगहरूलाई मुलुकको आर्थिक मेरुदण्ड भन्दै यसको विकासमा राज्यको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
चुनावी अभियानको क्रममा उदयपुर पुगेका उनले उदयपुर सिमेन्ट उद्योग अगाडि खिचेको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै लेखेका छन्, “उद्योगहरू देशका मेरुदण्ड हुन्। उद्योगहरूको विकासले रोजगारी सिर्जना गर्ने, राष्ट्रिय आय वृद्धि गर्ने र आर्थिक समृद्धिमा योगदान पुर्याउनेछ।”
बालेन शाहले उदयपुर सिमेन्ट जस्ता उद्योगलाई राज्यले संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनका अनुसार, बलियो उद्योग र उत्पादनमूलक आर्थिक संरचना बिना मुलुकको दीर्घकालीन विकास सम्भव छैन।
उनले उद्योगको विकासमार्फत स्थानीय रोजगारीका अवसरहरू सिर्जना हुने र स्थानीय तथा राष्ट्रिय आर्थिक वृद्धिमा योगदान पुग्ने बताए। बालेन शाहको यो भनाइले उद्योग र लगानी प्रवर्द्धनको आवश्यकता र नीति निर्माणमा जोड दिन्छ।












