ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनले गर्यो आन्दोलनको घोषणा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन(विगेसो)ले आन्दोलनको घोषणा गरेको छ ।
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विगेसोले सर्बोच्च अदालतले गरेको निर्देशनात्मक आदेशलाई सरकारले ३ वर्षसम्म पनि कार्यान्वयन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको हो।
विगेसोका अध्यक्ष पदमसुन्दर लिम्बुले सर्बोच्च अदालतले नेपालीहरुलाई भाडाका सेना बनाउनबाट रोक्न दिएको सकारात्मक फैसलालाई सरकारले कार्यान्वयन नगरेकोले माघ २४ गते काठमाडौंमा प्रदर्शन गर्न बाध्य भएको बताए । २०७९ माघ २४ गते सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको महत्वपूर्ण दिनकारुपमा मनाउँदै यहि माघ २४ गते माइतिघर मण्डलामा प्रदर्शन गर्न लागिएको जानकारी दिए ।
लिम्बुले सन १९४७ को असमान राष्ट्रघाती सन्धिको खारेजीका साथै बेलायत, भारत, सिंगापुर र ब्रुनाईमा भोर्खा भर्तीका नाममा भइरहेको नेपाली नागरिकहरुमाथिको विभेद विरुद्ध राज्य उदासिन भएको आरोप लगाए ।













