प्रधानमन्त्री कार्की र ओलीबीच करिब दुई घण्टा वार्ता

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रधानमन्त्री कार्की र ओलीबीच करिब दुई घण्टा वार्ता

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बिहान बालुवाटारमा करिब दुई घण्टा लामो वार्ता भएको छ।

पूर्वप्रधानमन्त्री ओली बिहान करिब ९ बजे बालुवाटार पुगेका थिए। वार्तामा समसामयिक राजनीति र आगामी निर्वाचनबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ। ओली निकट स्रोतले भने, “अध्यक्ष ओली बालुवाटार जानुभएको हो। उहाँले प्रधानमन्त्रीसँग करिब २ घण्टा छलफल गरेर फर्किसक्नुभएको छ।”

भेटवार्ता नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलहरूबीच सहकार्य र रणनीतिको रूपमा हेरिएको छ ।