रास्वपाका सभापति रवि लामिछाने पुगे चितवन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपाका सभापति रवि लामिछाने पुगे चितवन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन् । 

आसन्न प्रतिनिधिसभा निर्वाचनकेन्द्रित कार्यक्रमका लागि लामिछाने बिहीबार चितवन पुगेका हुन् । चितवन पुग्दा लामिछानेलाई भरतपुर विमानस्थलमा रास्वपा नेता र कार्यकर्ता लगाएत शुभेच्छुकहरुले स्वागत गरेका थिए ।

चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार समेत रहेका लामिछानेले मतदाताहरुसंग अन्तर्क्रया साथै घरदैलो गर्ने तयारी गरेका छन् । रास्वपाले प्रत्यक्षतर्फ चितवन क्षेत्र नंवर १ मा हरि ढकाल, क्षेत्र नंवर २ मा लामिछाने, ३ मा सोविता गौतमलाई उम्मेदवार बनाएको छ ।