समृद्धि र सुशासनका लागि संविधानका केही धारा परिवर्तन आवश्यक छः नेता शाही
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा व्यापक फेरबदल र संविधानका केही धारा परिवर्तन गर्नुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत् उठाएका प्रमुख बुँदाहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्न, प्रदेश संरचना खारेज गर्न, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द गर्न, भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्न र राष्ट्रिय एकता कायम राख्नका लागि नयाँ नीतिहरू ल्याउनुपर्ने कुरा सामेल छन्।
शाहीका अनुसार, यी सुधारहरू लागू नगरेसम्म देशमा केवल प्रधानमन्त्रीको परिवर्तन मात्र हुने तर जनताको जीवनस्तरमा कुनै सुधार ल्याउन नसक्सने बताएका छन्क्दै । उनले युवा पुस्तालाई यी एजेन्डामा एकजुट भएर समग्र देशको हितमा अघि बढ्न पनि आह्वान गरेका छन्।







