नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदानमा ध्यान केन्द्रीत गर्न गृहमन्त्री अर्यालको नेपाल टेलिकमलाई सुझाव
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदानमा ध्यान केन्द्रीत गर्न नेपाल टेलिकमलाई सुझाव दिएका छन् ।
नेपाल टेलिकम नेपाल दूरसञ्चार कम्पनी लिमिटेड को २२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएकोले यसमा आफ्नो ध्यान केन्द्रित गर्न सुझाव दिएका हुन् ।
दुरसञ्चार सेवा व्यवसाय मात्रै नभइ मानवीय जीवनको आधारभूत तत्व र शैक्षिक, सामाजिक एवं आर्थिक विकासको पूर्वाधार भएको उनको भनाइ छ । नेपाल टेलिकमले प्रतिस्पर्धी बजारमा आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तरीय, गुणस्तर र प्रविधिकत नवप्रवर्तनलाई समुन्नतमा राख्दै, सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा लिने विश्वास व्यक्त गर्दै मन्त्री अर्यालले उपलब्ध स्रोतको कुशल व्यवस्थापन एवं परिचालन गरी प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने तर्फ आफूलाई अगाडि बढाउन आग्रह गरे ।
नेपाल टेलिकमले वार्षिकोत्सव मनाइहदा कर्मचारीहरुले भने विरोध प्रदर्शन गरेका थिए । आफुहरु अन्यायमा परेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्, प्रदर्शनमा सहभागीहरुले वृत्ति विकासको चाहना, आम कर्मचारीको भावना, विशेष बढुवा पुनस्थापित गरियोस, नियमानुसार प्राप्त हुने सुविधान यथाशिघ्र उपलव्ध गराइयोस लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।













