सुनचाँदीको मूल्यमा गिरावट
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै सुन आज प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ कायम रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला २७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।











