निर्वाचन शान्तिपूर्ण र सुरक्षित हुनेः निर्वाचन आयुक्त भण्डारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of निर्वाचन शान्तिपूर्ण र सुरक्षित हुनेः निर्वाचन आयुक्त भण्डारी

काठमाडौ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण र सुरक्षित वातावरणमा हुने बताएका छन्।

प्रारम्भमा सुरक्षा सम्बन्धी चिन्ता रहे पनि अहिले त्यसप्रति कुनै शंका नहुने उनले बताए। भण्डारीले सम्झाए, भदौ २३–२४ मा भएको जनजागरण आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको र राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते निर्वाचन मिति घोषणा गर्नुभएको थियो। यसैले प्रारम्भमा सुरक्षा विषयमा चासो स्वाभाविक रहेको उनले उल्लेख गरे।

उनले बताए, “विद्रोहपछिको सरकार हो। पुराना र नयाँ शक्तिहरूबीच सन्तुलित वातावरण नभए निर्वाचन शान्तिपूर्ण हुन सक्दैन। तर अहिले सुरक्षा निकाय सक्षम छन् र मतदाताको सुरक्षामा कुनै समस्या छैन।”

भण्डारीले जोड दिए, “सबै कोणबाट हेर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउन आवश्यक छैन। निर्वाचन ढुक्कसँग हुनेछ र कसैले बिथोल्न सक्दैन।”