गगन थापा पहिलोपटक सभापति पदमा पोखरा आइपुगे

User Image Prime TV News ३ हप्ता अगाडि
Image of गगन थापा पहिलोपटक सभापति पदमा पोखरा आइपुगे

पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापा आज पहिलोपटक सभापति पदमा रहँदै पोखरा आइपुगेका छन्।

पोखरा विमानस्थलमा उनीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित कांग्रेसका अन्य नेताहरूले स्वागत गरे। मुख्यमन्त्री पाण्डे हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा थिए।

तर एयरपोर्टमा पाण्डेसँग भएको भेटमा सभापति थापाले खुलेर कुराकानी गरे र स्वागत कार्यक्रममा उनीहरूसँग कदम मिलाएर सहभागिता जनाए। थापाले पोखरा पुगेर चिप्लेढुंगामा रहेको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।

त्यसपछि उनी कांग्रेस गण्डकीको बैठकमा उपस्थित हुँदै गण्डकी क्षेत्रका विभिन्न जिल्लाका नेता, कार्यकर्ता र उम्मेदवारसँग छलफल गर्ने कार्यक्रममा जाने भएका छन्। कांग्रेसले जनाएको छ, यस दौडान सभापति थापाले प्रदेशस्तरको संगठन मजबुत बनाउने र आगामी निर्वाचन तयारीमा केन्द्रित हुने अपेक्षा गरिएको छ।