रवि लामिछानेले सुरु गरे चितवन क्षेत्र नम्बर २ मा चूनावी प्रचार

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रवि लामिछानेले सुरु गरे चितवन क्षेत्र नम्बर २ मा चूनावी प्रचार

चितवन । रष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा चूनावी प्रचार सुरु गरेका छन् ।

शुक्रबार चूनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गदै लामिछानेले चूनावी प्रचार सुरु गरेका हुन् । सो क्रममा लामिछानेले अवको लडाई भनेको दलको नेता उम्मेदवारसंग नभइ गरिवी, अशिक्षा, बेरोजगारी लगाएत देशका बिभिन्न समस्यासंग भएको बताए ।

चुनाबी अभियानको क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसै गाली गरे पनि प्रतिबाद नगर्न उनले अनुरोध गरे । अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिने भएको धारणा राख्दै लामिछानेले निर्वाचनका क्रममा आफु देशभर जानुपर्ने भएकाले चितवनबासीसंग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे ।