स्रोत सुनिश्चित नगरि जथाभावी खर्च गर्दा स्वास्थ्य बीमा बोर्डमा समस्या देखियोः स्वास्थ्य मन्त्री
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरि जथाभावी खर्च गर्दा स्वास्थ्य बीमा बोर्डमा समस्या देखिएको बताएकी छन् ।
शुक्रबार ललितपुरमा आयोजित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गौतमले स्रोत सहमति पनि नलिई र स्रोत सुनिश्चित नगरि रकमहरू खर्च गरेका कारण स्वास्थ्य बीमा बोर्डको आर्थिक दायित्व बढेको बताइन् ।
वार्षिक बजेटको परिधि भित्र रहेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदै उनले चालू आर्थिक बर्षमा सरकारले स्वास्थ्य बीमालाई १० अर्व रुपैया छुट्टाएको जानकारी दिइन् । मन्त्री गौतमले मितव्ययी र स्रोतको सहि सदूपयोग गर्नुपर्ने धारणा राखिन् । त्यस्तै अनियन्त्रित रूपमा पूर्व जानकारी नदिई सेवा विस्तार गर्दै जाने र पैसा माग्ने कुरा उचित नभएको मन्त्री शर्माको भनाई थियो ।













