प्रचण्डको चुनावी सम्बोधन: ‘नयाँ भनेको नेकपा, अन्य दल विचारहीन’

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रचण्डको चुनावी सम्बोधन: ‘नयाँ भनेको नेकपा, अन्य दल विचारहीन’

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई देशको नेतृत्व गर्ने सामर्थ्य रहेको दाबी गरेका छन्।

नेकपा सल्यानको निर्वाचन परामर्श कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अहिलेसम्म २५ वटा घटकलाई एकीकृत गरिसकेको जानकारी दिएका छन्। उनले देशका अधिकांश क्षेत्रमा पार्टीले चुनाव जित्ने वातावरण बन्दै गएको उल्लेख गर्दै, नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको बताए।

प्रचण्डले आफूहरूलाई “नयाँ” र अन्य दलहरूलाई “पुरानो” भनेर चिनाउँदै भने, नयाँ भन्नेहरूसँग कुनै स्पष्ट विचार वा सिद्धान्त नभएको बताए। उनले गणतन्त्र र सङ्घीयता लागू गर्न सफल भएको आफ्नो पार्टीलाई नयाँ भनेर प्रस्तुत गर्दै, अन्य दलहरू उदार पूँजीवाद र दलाल पूँजीवाद प्रवर्द्धन गर्नेतर्फ केन्द्रित रहेको टिप्पणी गरे।

उनी भन्छन्, “नयाँ भनेको गणतन्त्र र सङ्घीयता हो, त्यसैले सबैभन्दा नयाँ नेकपा हो। नयाँ भनिनेहरूले गणतन्त्रभन्दा नयाँ के ल्याए?” साथै उनले राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) सबैभन्दा पुरानो भएको उल्लेख गर्दै, नेकपाले देशको नेतृत्व गर्ने जिम्मेवारी अब आफूसँग रहेको बताए।