बैतडी बस दुर्घटनापछि सुदूरपश्चिम सरकारद्वारा परिवार र घाइतेलाई राहत घोषणा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बैतडी बस दुर्घटनापछि सुदूरपश्चिम सरकारद्वारा परिवार र घाइतेलाई राहत घोषणा

धनगडी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा गएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ भने घाइतेको उपचार खर्च पनि सरकारले व्यहोर्ने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। दुर्घटना बिहीबार राति बैतडीबाट जन्ती लिएर बझाङतर्फ जाँदै गरेको बस पुर्चौंडी नगरपालिका–७, बडगाउँमा भएको थियो।

घटनामा हालसम्म १३ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते छन्, जो विभिन्न अस्पतालमा उपचाररत छन्। सरकारले परिवार र घाइतेलाई तत्काल राहत उपलब्ध गराउने जनाएको छ। सुरक्षाव्यवस्था सुधार र यातायातमा सचेतना अभिवृद्धि गर्न सरकारले थप कदम चाल्ने सम्भावना रहेको स्रोतहरूले जानकारी दिएका छन्।