उपचारपछि भारतीय राजदूत नवीन श्रीवास्तव नेपाल फर्किए
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । लामो उपचारपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नेपाल फर्किएका छन्।
उनी गत मंसिर २७ गते काठमाडौँको चम्पादेवीमा हाइकिङ गर्दा अचानक अचेत भएका थिए। उद्धार गरेर सुरक्षाकर्मीहरूले उनलाई हेलिकप्टरमार्फत ग्राण्डी अस्पतालमा भर्ना गरेका थिए। त्यहाँबाट पुस ४ गते डिस्चार्ज भएपछि केही दिन इन्डियन हाउसमा आराम गरेका श्रीवास्तव थप उपचारका लागि पुसको दोस्रो हप्तामा भारत गएका थिए।
करिब डेढ महिनापछि उपचार पूरा गरी उनी नेपाल फर्किएका हुन्। नवीन श्रीवास्तव २०७९ जेठमा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए। तीन वर्षको कार्यकाल पूरा भइसकेको भए पनि नयाँ राजदूत नियुक्त नभएसम्म भारतीय विदेश मन्त्रालयले उनलाई नेपालमा अस्थायी रूपमा जिम्मेवारीमा राखेको छ।












