समानुपातिक बन्दसूचीमा ६३ दलका ३ हजार १३५ उम्मेदवार कायम

User Image Prime TV News ३ हप्ता अगाडि
Image of समानुपातिक बन्दसूचीमा ६३ दलका ३ हजार १३५ उम्मेदवार कायम

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ राजनीतिक दलबाट तीन हजार १३५ उम्मेदवार कायम रहेको जनाएको छ ।

आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरिएको जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिक प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिसकेको छ ।

अन्तिम बन्दसूचीअनुसार कायम भएका उम्मेदवारमध्ये एक हजार ७७२ जना महिला र एक हजार ३६३ जना पुरुष रहेका छन् । आयोगले कानुनी व्यवस्था तथा समावेशी सिद्धान्तअनुसार दलहरूले पेश गरेको बन्दसूचीको आधारमा उम्मेदवार कायम गरिएको जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले अघि बढाइरहेकोसमेत जनाएको छ ।