अल्टिमा लाइफस्टायलले धरानमा नयाँ स्टोर खोल्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपालको नम्बर–१ अडियो तथा वेयरेबल्स ब्रान्ड अल्टिमा लाइफस्टायलले धरानमा नयाँ आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ। स्टोर उद्घाटनको अवसरमा फेब्रुअरी ७ देखि १४ सम्म भ्यालेन्टाइन क्याम्पेन सञ्चालन हुनेछ।
धरान स्टोर उद्घाटनको अवसरमा दैनिक पहिलो १०० जना ग्राहकलाई फ्ल्यागशिप इयर बड्स ९९९ मा उपलब्ध गराइनेछ। जसको बजार मुल्य ३ हजार ५९९ रहेको छ । उक्त अफर सीमित अवधिका लागि धरान स्टोरमा लागू हुने बताइएको छ ।
यसैगरी, एउटा समाना खरिद गर्दा अर्को समाना सित्तै अफर अन्तर्गत एक प्रोडक्ट खरिद गर्दा कम मूल्यको अर्को प्रोडक्टमा ५० प्रतिशत छुट पाइनेछ।
धरान स्टोर चितवनपछि काठमाडौँ उपत्यकाबाहिर खोलिएको अल्टिमाको दोस्रो आधिकारिक स्टोर हो। साथै, कम्पनीले पहिलो पटक फ्रेन्चाइज अवसर पनि सार्वजनिक गरेको छ ।













