मनसुनी वायुको प्रभाव कमजोर बन्दै
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।
कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू–भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। सूर्योदय आज बिहान ५ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजे हुनेछ ।







