नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति भोलि बस्दै, निर्वाचन र अनुशासन प्रमुख एजेन्डा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बिहान भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको छ।
केन्द्रीय कार्यालयका कार्यवहाक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा समितिका पदाधिकारीहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।
बैठकमा पार्टीको आगामी राजनीतिक रणनीति र संगठनात्मक व्यवस्थापनसँग जोडिएका विषयमा छलफल हुनेछ। विशेषगरी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी तयार पारिएको निर्वाचन परिचालन निर्देशिकामाथि गम्भीर समीक्षा हुने जनाइएको छ।
यसैगरी पार्टीका सार्वजनिक कार्यक्रमहरूमा देखिँदै आएको अव्यवस्थालाई नियन्त्रण गर्ने विषय र केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी प्रस्ताव पनि बैठकका मुख्य एजेन्डा रहेका छन्।













