भारतीय अलराउन्डर रविचन्द्रन आश्विनले आईपीएलबाट सन्यास घोषणा

User Image Prime TV News एक महिना अगाडि
Image of भारतीय अलराउन्डर रविचन्द्रन आश्विनले आईपीएलबाट सन्यास घोषणा

काठमाडौं । भारतीय क्रिकेटर र अलराउन्डर रविचन्द्रन आश्विनले इन्डियन प्रिमियर लिग ( आईपीएल ) बाट सन्यासको घोषणा गरेका छन्। बुधबार उनले सामाजिक सञ्जालमार्फत आफ्नो आईपीएल यात्रा समाप्त भएको र अब विश्वभरिका क्रिकेट लिगहरूमा खेल्ने नयाँ अध्याय सुरु भएको बताएका छन्।

आश्विनले लेखेका छन्, “विशेष दिन र नयाँ सुरुआत। हरेक अन्त्यसँग नयाँ सुरुवात हुन्छ। एक क्रिकेटरको रूपमा मेरो आईपीएल यात्रा पूरा भएको छ। तर, अब विश्वका विभिन्न लिगहरूमा अनुभव संकलन गर्ने समय आएको छ।”

आश्विनले सन् २००९ मा चेन्नई सुपर किंग्सबाट आईपीएलमा डेब्यु गरेका थिए। उनले आईपीएलमा २२१ खेल खेलेका छन् र १८७ विकेट लिएका छन्। आश्विन सन् २०१० र २०११ मा चेन्नई सुपर किंग्सलाई आईपीएल उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनको यो निर्णयले क्रिकेट प्रेमीहरूमा विभिन्न प्रतिक्रिया उत्पन्न गरेको छ।