भ्रष्टाचारविरुद्ध फिलिपिन्सको मनिलामा हजारौंको प्रदर्शन

User Image Prime TV News १ हप्ता अगाडि
Image of भ्रष्टाचारविरुद्ध फिलिपिन्सको मनिलामा हजारौंको प्रदर्शन

काठमाडौ । भ्रष्टाचारविरुद्ध फिलिपिन्सको मनिलामा हजारौं जनताले प्रदर्शन गरेका छन् ।

सांसद, अधिकारी र व्यवसायीहरूले बाढी नियन्त्रण परियोजनाको ठूलो रकममा भ्रष्टाचार गरेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएकाहुन् । हिंसा रोक्न प्रहरी र सेनालाई सतर्क पारिएको थियो । ऐतिहासिक मनिला पार्क र राजधानी क्षेत्रको इड्सा राजमार्ग नजिक लोकतन्त्र स्मारक वरिपरि छुट्टै प्रदर्शनस्थलहरूमा सुरक्षाका लागि हजारौँ प्रहरी तैनाथ गरिएको थियो ।

आयोजकहरूले यसलाई हालका वर्षहरूमा भ्रष्टाचारविरोधी सबैभन्दा ठूलो प्रदर्शन बन्ने अपेक्षा राखेका छन् । संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाका दूतावासहरूले आफ्ना नागरिकलाई प्रदर्शन क्षेत्रबाट टाढा रहन सचेत गराएका छन् ।

प्रदर्शनकारीहरूले फिलिपिन्सको झण्डा बोकेर अब छैन धेरै, तिनीहरूलाई जेलमा हाल भन्ने नारासहितका ब्यानर देखाउँदै दोषीहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।