नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई अनिवार्य रूपमा सहभागी हुन अनुरोध गरिएको छ।
बैठकमा तीन वटा मुख्य एजेन्डामाथि छलफल हुनेछ। तीमध्ये नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वाचन परिचालन निर्देशिका–०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषय प्रमुख छन्।
निर्वाचन नजिकिँदै जाँदा पार्टीको आन्तरिक व्यवस्थापन, अनुशासन र परिचालन प्रणाली अझै स्पष्ट र कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता देखिएको छ।
विगतमा कांग्रेसले अनुशासनहीनता, कमजोर व्यवस्थापन र ढिलासुस्तीका कारण आलोचना खेप्दै आएको पृष्ठभूमिमा आजको बैठकलाई संगठन सुधारतर्फको परीक्षा मानिएको छ ।












