इङ्लीस प्रिमियर लिगमा आर्सनल र म्यानचेष्टर सीटीबीच १–१ गोलको बराबरी

User Image Prime TV News ११ महिना अगाडि
Image of इङ्लीस प्रिमियर लिगमा आर्सनल र म्यानचेष्टर सीटीबीच १–१ गोलको बराबरी

काठमाडौ । गेब्रियल मार्टिनेलीले इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरेपछि आर्सनलले म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ। इमिरेट्स स्टेडियममा भएको प्रिमियर लिग खेलमा सिटीले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो।

एर्लिङ हालान्ड सिटीका लागि गोल गरेका हुन्। तिज्जानी रेजेन्डर्सको सहकार्यमा काउन्टर अट्याकमा हालान्डले गोल गरे । दोस्रो हाफमा आर्सनलले बुकायो साका र एबेरेची एजेलाई मैदानमा उतारे पनि तत्काल खेलको लय बदल्न सकेन।

तर अन्तिम समयमा एजेले डिफेन्स माथिबाट फालेको पासलाई मार्टिनेलीले बराबरी गोल गर्दै टोलीलाई हारबाट जोगाए । बराबरीपछि १० अंका साथ आर्सनल दोस्रो स्थानमा पुगेको छ ।

शीर्षस्थानमा रहेको साविक विजेता लिभरपुलभन्दा ५ अंकले पछि छ। ७ अंकसहित सिटी नवौँ स्थानमा छ। बोर्नमाउथ र न्युक्यासल युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकियो।

दुवै टोलीले गोल गर्ने अवसरहरू सिर्जना गरे पनि भएनन्। यस्तै सन्डरल्यान्ड र एस्टन भिल्लाबीचको खेल १–१ को बराबरीमा टुंगियो।