अभिनेता सुनिल थापाको हृदयघातबाट निधन, पोस्टमार्टम रिपोर्ट सार्वजनिक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of अभिनेता सुनिल थापाको हृदयघातबाट निधन, पोस्टमार्टम रिपोर्ट सार्वजनिक

काठमाडौ । चर्चित अभिनेता सुनिल थापाको निधन हृदयघातका कारण भएको पुष्टि भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा आइतबार बिहान गरिएको पोस्टमार्टम रिपोर्टअनुसार उनको मृत्यु मुटुको नसा ब्लक भएर भएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालका एक चिकित्सकका अनुसार हृदयघातपछि मुटुको नसा पूर्ण रूपमा अवरुद्ध भएकाले थापाको ज्यान गएको देखिएको छ।

पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि उनको शव अस्पतालबाट निकालिएको छ। थापाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने जनाइएको छ। ६८ वर्षीय अभिनेता थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो।

स्व. थापा नेपाली चलचित्र क्षेत्रमा सशक्त अभिनयका लागि परिचित थिए। उनको निधनले नेपाली कला तथा चलचित्र क्षेत्रले एक अनुभवी कलाकार गुमाएको छ।